Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

वर्षामा रुझ्दै सागमा पदक बिजेता खेलाडीकाे नगर परिक्रमा

वर्षामा रुझ्दै सागमा पदक बिजेता खेलाडीकाे नगर परिक्रमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिा ‘साग’मा पदक विजेता नेपाली खेलाडीको नगर परिक्रमा गराएको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद परिसरबाट सागमा पदक जित्ने खेलाडीको सम्मानस्वरुप परिक्रमा सुरु गरिएको हो । खराव मौसमका कारण एघार बजेका लागि तय गरिएको कार्यक्रम एक बजेमात्रै शुरु भएको थियो ।

यसअघि त्रिपुरेश्वरबाट सुरु भइ न्यु रोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटिमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे राधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः सल्लाहघारी, राधे राधे, नयाँ थिमि, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर टुंगिने रूट थियो ।