काठमाडौं । साग पुरुष फुटबलको फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । नेपाली टोलीका अभिषेक रिजालले सत्रौं मिनेटमा पहिलो गोल गरेका छन् ।
त्यसपछि केही दवाबमा परेको भुटानले नेपाललाई स्तब्ध बनाउँदै छत्तिसौं मिनेटमा बराबरी गोल गरेको हो । भुटानका लागि कप्तान चेन्चो ग्याल्छेनले बराबरी गोल ठोकेका हुन् ।
प्रतिस्पर्धात्मक पहिलो हाफमा भुटानले दुईटा पहेंलो कार्ड पाएको छ । पहिलो हाफमा तीन मिनेट इन्जुरी टायम थपिएको थियो ।
पहिलो हाफको अन्तिम मिनेटतिर नेपाली खेलाडिलाई भुटानले आफ्नो डि बक्समा लडाएपछि नेपाली खेलाडिले पेनाल्टी अपिल गरेका थिए तर रेफ्रिले अस्वीकार गरे ।