काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज फुटबलको फाइनल र समापन हुँदै छ । फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल हुँदै छ । जसका कारण पनि नेपाली दर्शकहरु फुटबल हेर्नका लागि रंगशाला प्रवेश गर्न आतुर छन् । इसेवा मार्फत टिकट विक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट विक्रि भएका थिए ।
टिकट नपाएका समर्थकहरुले गेट बाहिर नारावाजी गरेका छन् । जसका कारण सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा केही घाइते पनि भएका छन् । सुरक्षाकर्मी लाठी चार्ज गर्दा फोटो खिचिरहेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई चोट लागेको छ ।