Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुरूष फुटबलको फाइनल खेलमा आज नेपालले भुटानको सामना गर्दै

पुरूष फुटबलको फाइनल खेलमा आज नेपालले भुटानको सामना गर्दै

काठमाडौं : १३ औं साग अन्तर्गत पुरूष फुटबलको फाइनल खेलमा आज नेपालले भुटानको सामना गर्दैछ । फाइनल खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ । सागको समापनमा फुटबलको फाईनल खेल खेलाउन लागिएको हो ।

साग फुटवलमा नेपाल पाँचौ पटक र भुटान पहिलोपटक पुगेका हुन् । छनोट चरणमा हराएकाले आज पनि भुटानलाई पाखा लगाउदै स्वर्ण पदक घरमै राख्ने योजनामा छ ।

छनोट चरणमा नेपाल वाहेक सवैलाई हराएको भुटानपनि पहिलोपटक उपाधि जित्ने दाउमा छ । सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन् । यस्तै बंगलादशेले २ पटक उपाधि हात पारेको छ ।