Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेस्सी भन्छन् : पुन: बार्सिलोना फर्कन्छु !!

मेस्सी भन्छन् : पुन: बार्सिलोना फर्कन्छु !!

काठमाडौं : पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लिओनल मेस्सीले बार्सिलोनामै फर्किने इच्छा व्यक्त गरेका छन् । उनले अब खेलाडी जीवनलाई त्यागेर प्राविधिक सल्लाहकारका रुपमा बार्सिलोना जान तयार रहेको बताएका छन । क्लवले राम्रो गरेको हेर्न चाहेको र त्यसमा आफ्नो खाँचो भएको खण्डमा आफु तयार रहेको उनले बताए ।

मेस्सी आएपछि बार्सिलोनाको अवस्था पनि टिठ लाग्दो भएको छ । जसका कारण उनले अब बुटलाई थन्क्याएर सल्लाहकारका रुपमा बार्सिलोना जाने इच्छा देखाएका छन । उनले एक अन्तरवार्तामा बार्सिलोनालाई सहयोग गर्नका लागि जहिले पनि आफु तयार रहेको र त्यसका लागि जस्तो अवस्थामा पनि तयार रहेको बताए ।

उनले निकट भविष्यमा नै बार्सिलोना फर्कन चाहेको र क्लवले विश्वको उत्कृष्ट टिम बनाउन सहयोग गर्ने इच्छा रहेको बताए । दुई दशक भन्दा बढि समय बार्सिलोनामा विताएर यसै सिजनमा पीएसजीमा अनुबन्ध भएका मेस्सी त्यति खुसी देखिएका छैनन् ।

केही महिना अघि मात्रै बार्सिलोना छाडेर पीएसजी गएका उनले प्राविधिक सचिवको रुपमा पुन: फर्किने इच्छा जाहेर गरेका हुन् । उनले एक कुराकानीमा भनेका छन्, ‘बार्सिलोनालाई म मायाँ गर्छु। उनीहरुलाई राम्रो बनाएर विश्वकै उत्कृष्ट टिम बनाउन चाहन्छु।’

उनले बार्सिलोनालाई जसरी पनि मद्दत गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘बार्सिलोना गएर क्लबको व्यवस्थापन टिममा रहने चाहना छ। ‘मैले सधैं पनि भनेको थिएँ । म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु।’