Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आइपुगे नेपाली फूटबल टोली स्वदेश !!

आइपुगे नेपाली फूटबल टोली स्वदेश !!

काठमाडौँ : साफ च्याम्पियनसिपको उप-विजेता नेपाली फूटबल टोली स्वदेश आइपुगेको छ । कतार एयरको जहाजबाट आज (सोमबार) फुटबल टोली नेपाल आइपुगेको हो ।

स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए ।

साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा समेत उनले गरेका थिए । साथै, आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।टोलीलाई अखिल नेपाल फुटबल संघ ‘एन्फा’का पदाधिकारी लगायतले भव्य स्वागत गरे ।

नेपाल साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उप-विजेतामा सीमित भएको हो ।