Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रसियन चलचित्र ‘च्यालेन्ज’ बन्यो अन्तरिक्षमा पहिलो पटक छायाङ्कन गर्ने चलचित्र !! भिडियो सहित

रसियन चलचित्र ‘च्यालेन्ज’ बन्यो अन्तरिक्षमा पहिलो पटक छायाङ्कन गर्ने चलचित्र !! भिडियो सहित

काठमाडौँ : रसियन चलचित्र ‘च्यालेन्ज’ अन्तरिक्षमा चलचित्र छायांकन गर्ने पहिलो चलचित्र बनेको छ । १२ दिन अन्तरिक्षमा बसेर ४० मिनेटको चलचित्र छायांकन गरेर चलचित्रका निर्देशक तथा कलाकारलगायत टिम पृथ्वीमा सुरक्षित फर्किन सफल भएको हो ।

उनीहरुले १२ दिन इन्टरनेशनल स्पेश स्टेसन (आईएसएस) मा बसरे छायांकन गरेर आइतबार फर्किएका हुन् । यो लो अर्थ ओर्बीटमा बनाइएको कृत्रिम सेटलाइट स्टेशन हो । यो कृत्रिम सेटललाइट स्टेशन पाँचवटा स्पेस एजेन्सीहरु नासा, रोस्कोस्मोस, जाक्सा, ईएसए र सीएसए मिलेर निर्माण गरिएको हो ।

निर्देशक क्लिम शिपेन्को र अभिनेत्री युलिया पेरेसिल्ड काजाकिस्तानमा उत्रिएका थिए । त्यहाँ उनीहरुको अवतरण छायांकन गर्ने चलचित्रकै अर्को टोली पहिले नै उपस्थित थियो ।

आईएसएसले पोस्ट गरेको विदाई ट्विटमा अभिनेत्री पेरेसिल्डको वजनरहित कपाल सहितको भिडियोले यो चलचित्र कतै पृथ्वीकै सेटमा छायांकन गरेको होला भन्ने शंका वा भ्रमलाई तोड्न पर्याप्त देखिन्छ ।

यदि यो चलचित्र सफल भएर प्रदर्शन भयो भने यसले नासा र एलोन मस्कको स्पेसएक्सले हलिउड अभिनेता टम क्रुजसँग स्पेशमा गएर छायांकन गर्ने घोषणा गरेको चलचित्रलाई उछिन्ने छ ।

चलचित्रको कथाबारे धेरै खुलाइएको छैन । तर, स्पेशमा छायांकन गरिएको भिडियोको आधारमा भन्ने हो भने अभिनेत्री पेरेसिल्ड एक डाक्टरको भूमिका निभाउँदै छिन् । आफ्नो जिम्मेवारी निभाउने क्रममा एक बिरामीको उपचार पृथ्वीमा सम्भव नभएपछि बिरामीलाई स्पेशमा लगेर उपचार गराइन्छ ।

अब चलचित्रका निर्देशक र अभिनेत्रीलाई १० दिनका लागि रसियाको स्टार सिटी प्रशिक्षणमा लगिने छ । जुन बस्न मिल्ने गरि बनाइएको आर्टिफिसियल सेटलाइट हो ।

https://twitter.com/i/status/1449485163872804865

स्रोत : बिबिसी