काठमाडौं । भारोत्तोलनमा नेपालले रजत जितेको छ । नेपालका लागि पुरुषतर्फ १ सय ९ केजी तौल समूह अन्तर्गत सागर भण्डारीले रजत पदक जितेका हुन् । उनले स्न्याचतर्फ १ सय २० र क्लीन एण्ड जर्कमा १ सय ५५ तौल उठाएका थिए ।
पाकिस्तानका खेलाडी हन्जाल दस्तगीर बुटले स्वर्ण जिते । बुटले स्न्याचतर्फ १ सय ५० र क्लीन एण्ड जर्कमा १ सय ८१ तौल उठाएका थिए । पुरुषतर्फ १ सय ९ केजी तौल माथी समूहमा पुकार गुरुङले कास्य पदक जिते ।