Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

साफ च्याम्पियनसिप फाइनल : अधुरै रहयो नेपालको जित्ने सपना

साफ च्याम्पियनसिप फाइनल : अधुरै रहयो नेपालको जित्ने सपना

काठमाडौ ।साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३-० ले पछि परेको छ । पहिलो हाफसम्म गोलरहित सकिएको खेलको दोश्रो हाफको चौथो मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए ।

त्यसको अर्को मिनेयमै भारतले अर्को गोल थप्यो

यो पनि पढ्नुहोस

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे बजे हुनेछ ।

नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । निकै बलियो टिम मानिएको भारतलाई हराउन नेपालका लागि सहज भने छैन । उता भारतले पनि नेपाललाई आफूले बलियो प्रतिष्पर्धीको रुपमा मानेको बताएको छ ।