Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुरुष बास्केटबल प्रतियोगितामा नेपाल सेमिफाइनलमा

पुरुष बास्केटबल प्रतियोगितामा नेपाल सेमिफाइनलमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको समूह ए को खेलमा माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । नेपालको लागि असिम श्रेष्ठले सर्वाधिक १८ स्कोर गरे ।

यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसांग ६७-६१ ले पराजित भएको थियो । समूह ए बाट बंगलादेश समूह विजेता र नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपालले अब सेमिफाइनलमा सोमबार भारतसंग खेल्नेछ । भारत समूह बी को विजेता हो ।