Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज राति नेपाल र श्रीलंका भिड्दै, दोस्रो जितको दाउमा नेपाल !!

आज राति नेपाल र श्रीलंका भिड्दै, दोस्रो जितको दाउमा नेपाल !!

काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग भिड्न लागेको छ । तालिका अनुसार राति ९ : ४५ बजे नेपाल र श्रीलंका भिड्न लागेका हुन् ।

नेपालले आफ्नो पहिलो खेलमा साविक विजेता समेत रहेको घरेलु टोली माल्दिभ्सलाई हराएको थियो । नेपालका लागि एक मात्र निर्णायक गोल सब्स्टिच्यूट मनिष डाँगीले गरेका थिए ।

जितसँगै तीन अंक जोडेको नेपाल श्रीलंकालाई हराएर च्याम्पियनसिपमा आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गर्न चाहन्छ । पहिलो खेलमा बंगलादेशसँग हारेको श्रीलंका पनि जितको खोजीमा रहनेछ ।

हालसम्म साफको फाइनलमा पुग्न नसकेको नेपाल यसपटक फाइनल पुग्ने लक्ष्यसाथ माल्दिभ्स पुगेको छ ।