Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

साउथ फिल्मका चर्चित अभिनेता नागा र सामन्थाले गरे सम्बन्धविच्छेद !!

साउथ फिल्मका चर्चित अभिनेता नागा र सामन्थाले गरे सम्बन्धविच्छेद !!

काठमाडौं : साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिएका छन् ।

शनिबार समन्थाले आफूहरूले अलग भएको बताएकी छन् । समन्थाले सामाजिक सञ्जालमार्फत अब आफूहरूले केही दिनमै सम्बन्धविच्छेद गर्ने बताएकी छन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै आफूहरू छुट्टिने निर्णय गरेको बताएकी हुन् ।

उनले विज्ञप्तीमा लेखेकी छन्, ‘धेरै लामो समयको सोचविचार पछि म र नागाले अलग बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रूपमा अलग हुने फैसला गरेका छौं । हामी भाग्यशाली छौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा हामीबीच विशेष बन्धन रहनेछ । ‘

नागाले सन् २०१७ को अक्टुबर ६ मा सामन्थासँग १० करोड खर्च गरेर बिहे गरेका थिए ।

सामन्थाले मिडियासँग यो बिषयमा प्राइभेसी दिनका लागि आग्रह समेत गरेकी छिन् । सामन्थाले सामाजिक संजालमार्फत विज्ञप्ती जारी गर्दै लेखेकी छिन्–‘धेरै लामो समयको सोचविचार पछि म र नागा चैतन्यले फरक फरक बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रुपमा अलग हुने फैसला गरेका छौं । हामी सौभाग्यशाली हौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता नै हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा पनि हामीविच विशेष बन्धन रहनेछ ।’

सामन्थाले यो कठिन परिस्थितीमा आफूहरुको साथमा रहन आग्रह गर्दै मिडिया र फ्यानलाई व्यक्तिगत जीवन दिन पनि आग्रह गरेकी छिन् । सामन्थालाई डिभोर्सपछि जीवन अगाडि बढाउनका लागि नागाको तर्फबाट ५० करोड मिल्नेछ ।

अभिनेत्री सामन्थाले आफैं आफूहरुको सम्बन्धमा तनाव सिर्जना भएको जानकारी फ्यानलाई दिएकी थिइन् । केही महिना अघि अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालको हेण्डलबाट ‘अक्किनेनी’ हटाएर ‘एस’ मात्र लेखेकी थिइन् । जसकारण सामाजिक सञ्जालमा एक किसिमको हंगामा नै मच्चिएको थियो । यो समयमा सामन्थाले नागासँग सम्बन्धविच्छेद गर्न लागेको चर्चा चलेको थियो ।