Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शाहरुखका छोरा आर्यन ड्रग्स केसमा परेपछि एनसीबीले थप अनुसन्धान गर्दै !

शाहरुखका छोरा आर्यन ड्रग्स केसमा परेपछि एनसीबीले थप अनुसन्धान गर्दै !

काठमाडौँ : भारतको मुम्बईबाट गोवा गइरहेको एक लग्जरी क्रुजमा ड्रग्स पार्टी भइरहेको थियो । पार्टीमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पनि रहेको बताइएको छ ।

एएक ड्रग्स पार्टीमा सहभागी भएको भन्दै बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनमाथि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अनुसन्धान थालेको छ । मुम्बई नजिक समुद्रमा एक क्रुज जहाजमा एनसीबीले गए राति छापा मारेको थियो । जुन पार्टीमा आर्यन पनि देखिएका बताइएको छ ।

यद्यपि उनले पार्टीमा कुनै शुल्क तिरेर सहभागी नभएको बताएका छन् । एनसीबीसँगको सोधपुछमा उनले आफूलाई अरूले नै बोलाएर उनी त्यहाँ पुगेका थिए । स्रोतका अनुसार उक्त पार्टीको भिडियो समेत बरामद भएको छ, जसमा आर्यन पनि देखिएका छन् ।

अधिकारीहरूले आर्यनको मोबाइल समेत जफत गरेर अनुसन्धान गरिरहेका छन् । उक्त पार्टीमा दिल्लीबाट गएका ३ जना युवती समेत पक्राउ परेका छन् । उनीहरू दिल्लीका धनाढ्य व्यापारीका छोरीहरू भएको बताइएको छ ।

एनसीबीले यस घटनामा अनुसन्धानका क्रममा दोषी देखिएकाहरूमाथि कानुनअनुसार कारबाही गरिने बताएको छ । हाल एनसीबीको दिल्ली मुख्यालयबाट यस मामिलाको सूक्ष्म अनुगमन भइरहेको बताएको छ। ड्रग्स पाटी पार्टीमा सामेल अन्य १० जनालाई एनसीबीले हिरासतमा लिएको छ । ड्रग्स पार्टी भइरहेको सूचनाको आधारमा कर्डेलिया द इम्प्रेस नामक जहाजमा एनसीबीको टोलीले छापा मारेको बताइएको छ ।

यस मामिलामा शाहरुख खानका छोरा आर्यन खानसँग पछि एनसीबीले सोधपुछ गरेको छ । एनसीबीले क्रुजभित्र चलिरहेको पार्टीको एउटा भिडियो प्राप्त गरेको छ जसमा आर्यन देखिएका छन् । सोधपुछमा आर्यनले आफूलाई पार्टीमा पाहुनाको रुपमा बोलाइएको बताएका छन् । उनले पार्टीमा सहभागी हुन आफूले पैसा नदिएको बताएका छन् । आर्यनले आयोजकले आफ्नो नाम प्रयोग गरेर मानिसहरुलाई पार्टीमा बोलाएको दावी गरेका छन् । एनसीबीले आर्यनको फोन जफत गरेको छ । उनको च्याटको जाँच भइरहेको छ ।

एनसीबसीका अधिकारीहरू यात्रुका रुपमा क्रुजमा सवार भएका थिए । शनिवार रेभ पार्टी चल्दै गर्दा उनीहरूले छापा मारेका थिए । भारतीय मिडियाका अनुसार क्रुजबाट ठूलो मात्रामा लागू औषध बरामद गरिएको छ । यसको मूल्य करोडौँ रहेको बताइएको छ । यसमा एमडी कोक र हशीश रहेको समाचारमा उल्लेख छ । पक्राउ गरिएका सबैलाई आइतबार मुम्बई ल्याइएको छ ।

शुक्रवार मात्र एनसीबीले अस्ट्रेलिया र न्यूजिल्याण्ड लागू औषध पठाउने ठुलो समूहको पर्दाफास गरेको थियो । त्यहाँ करिब ५ करोड भारु बराबरको लागू औषधसमेत बरामद गरेको थियो ।