Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वयम्भू एथलेटिक्स ट्रेनिङ सेन्टर क्लबको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्ष पदमा रमेश सुनार चयन

स्वयम्भू एथलेटिक्स ट्रेनिङ सेन्टर क्लबको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्ष पदमा रमेश सुनार चयन

स्वयम्भू एथलेटिक्स ट्रेनिङ सेन्टर क्लबको वार्षिक साधारणसभा सम्पन्न कृतिमानी म्याराथुन धावक बैकुण्ठ मानन्धरको प्रमुख अतिथि र नेपाल राष्ट्रि सुटिङ संघका अध्यक्ष तथा मोर्डन पेन्टाथलोन फेडेरेसन नेपालका उपाध्क्ष राजु दर्शनको विशिष्ठ अतिथिमा साधारणसभा सम्पन्न भएको हो ।

उक्त अवसरमा बर्लिन म्याराथुन जर्मनीमा सहभोगी भई दौड पूरा गर्नु हुने नेपाली मास्टर धावक धर्म महर्जन र १३ साग दुवाथलोनमा रजत पदक विजेता तथा दार्जलिङमा सम्पन्न विश्व पर्यटन दिवसमा भएको MTB Xc माउन्टेन बाईक रेसमा नेपालबाट सहभागी भई प्रथम भई स्वर्णपदक विजेता लक्ष्मण मल्ल ठकुरीलाई र समाजसेवी सरद कुमार शाहीलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा धर्म महर्जन र लक्ष्मण मल्ल ठकुरीलाई राष्ट्रिय सुटिङ संघ संघका अध्यक्ष तथा मोर्डन पेन्टाथलोनका उपाध्यक्षले नगद रु ५०००/५००० ले सम्मान गरी हर्साेल्लास प्रदानन गर्नुभएको थियो । साधारणसभाले नयाँ कार्यकारी समिति चयन गरियो छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष पदमा रमेश सुनार उपाध्यक्षमा, श्रीकृष्ण महर्जन, महासचिवमा शैलेन्द्रमान श्रेष्ठ, सचिवमा मोहमद ताज आलम कोषध्यक्ष, सृजना नेपाल र सदस्यहरु समुन्द्र देउला, निर्मला मानन्धर सुनार, किरण रञ्जित नारायण ओझा विजयी हुनुभएका छन् ।