काठमाडौं । म्याच रेफ्रि मोहम्मद सफिक (समिर खान) ले एक ओभर स्वलो ओभर रेटका कारण उक्त रकम जरिवना लागेको जनाएका छन् । सन्दीप कप्तान भएको कारण १० प्रतिशत म्याच फि जरिवाना लागेको हो । इपिएलको यस सिजनमा स्वलो ओभर रेटका कारण कारबाही पर्ने सन्दीप पहिलो कप्तान हुन् ।
बिहीबार पहिलो खेलमा काठमाडौं किंग्स इलेभेन चितवन टाइगर्स ३ विकेटको पराजित भएको थियो । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १८.४ ओभरमा विकेट ७ गुमाउँदै पूरा गर्यो । चितवनका राजेश पुलामी २९ बलमा २ छक्का सहित २६ रनमा अविजित रहे । कमलसिंह ऐरी १५ बलमा १ चौका र २ छक्का सहित २३ रनमा अविजित रहे ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । काठमाडौंका ओपनर सुवास खकुरेलले ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए । राजु रिजालले २० बलमा ३ चौका र २ छक्का सहित २८ रनको योगदान दिए । तल्लोक्रममा जनक प्रकाश १६ बलमा १ चौका र २ छक्का सहित २६ रन बनाए ।
चितवनका स्पिनर सागर ढकालले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो । काठमाडौंले साविक विजेता ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । चितवनले पहिलो खेल अव शुक्रबार पोखरा राइनोजसँग खेल्ने छ । काठमाडौंले शनिवार भैरहवासँग खेल्ने छ ।