Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

युएईद्वारा ५०० नेपाली कामदारको माग , यस्तो छ तलब तथा सेवासुविधा ?

युएईद्वारा ५०० नेपाली कामदारको माग , यस्तो छ तलब तथा सेवासुविधा ?

काठमाडौं : युएईले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । युएईको रोयल फर इम्प्लोइमेन्ट सर्भिस कम्पनीले ५०० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित २५ हजार माथिदेखि ३२ हजार माथि पाउनेछन् । इच्छुक कामदारले फरेभर हुमन रिसर्च सोलुसन प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा असोज १८ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।