Shares
Shares
यो अति लाभदायी सामाग्री आफुले पढेपछि सबैको जानकारीका लागि सेयर गर्नुहोला ।
एजेन्सी । आज हामी मानिसको जीवनसँग जोडिएको अति महत्वपूर्ण ज्ञानको बारेमा जानकारी गराउँदै छौ । हामी मानिस हौँ, मानिसबाट भूल पक्कै पनि हुन्छ। तर त्यो भूलले आफ्नै शरीर र स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याइरहेको छ भने त्यसलाई सुधार्दै लैजानु मानिसको परम कर्तव्य हुन आउँछ। किनभने आफ्नो स्वास्थ्यभन्दा ठूलो अनि महत्वपूर्ण अरू केहि हुँदैन। घर–परिवार तथा काम–काजलाई राम्रोसँग मतलब गर्नको लागि त पहिला आफू ठीक हुनुपर्यो नि ।
तर अधिकांश व्यक्तिहरू आफ्नो स्वास्थ्यको ख्याल नै नगरी काम–काम भन्दै लागिपरेका हुन्छन्। कार्यालयबाट निस्किएदेखि राति सुत्नुभन्दा अगाडिसम्मको समय एकदमै चाँडै बित्ने कुरामा हरेक व्यवसायिकहरू सहमति जनाउँछन्। मतलब त्यो समय उनीहरूले कुनै कुराको ख्याल नगरी जे गर्न इच्छा लाग्यो त्यहि गर्ने गर्छन्। कोहि टिभी हेरेर बिताउँछन् भने कसैले कार्यालयमा बाँकी रहेको काम समाप्त गर्छन्। तर कहिल्यै सोँच्नुभएको छ कि सायद तपाईँले त्यो समयको सही सदुपयोग गर्नुभएको छैन ? साँझको ७ बजेपश्चात तपाईँले गर्ने स्वास्थ्यसम्बन्धी भूलहरू–
१, लुगा नफेरि अनेक काम गर्ने : घर पुग्ने बित्तिकै अधिकांश व्यक्तिहरू अल्छी बन्न थाल्छन्। थकाई लागेको छ भन्दै कोहि बिस्तारामा पल्टिन्छन् भने कोहि लुगा नफेरि हातमुख नधोई अन्य काम गर्न थाल्छन्। यसले सरसफाईको विषयमा गम्भीर प्रश्न उठाउँदछ। तपाईँ घर पुग्ने बित्तिकै सुरुमा गर्नुपर्ने पहिलो काम भनेको हातखुट्टा र मुख पखालेर फ्रेस हुनु हो। यदि सम्भव छ भने नुहाउँदा अझ राम्रो१ तपाईँले काममा बिताउनुभएको ९र१० घण्टा अनि यात्राले तपाईँका स्नायुहरूलाई तनाव दिइराखेको हुन्छ। त्यस्तो अनावश्यक तनावलाई हटाउने एउटै उपाय भनेको सफा र ताजा भएर बस्नु हो।
२, पानी नपिउने : तपाईँलाई यो थाहा छ कि हामीले प्रशस्त पानी पिउनुपर्छ। आफूले भ्याएसम्म अनि याद भएसम्म तपाईँले पानी पिउनुहुन्छ पनि१ तर कहिलेकाहिँ तपाईँले सोँचेको जस्तो नहुन सक्छ। अनि साथीभाइ तथा व्यापारी साथीहरूसँगको जम्काभेटमा कोल्ड ड्रिङ्क्स अनि हलुका बियर पनि पिउनैपर्यो। यस्ता पेय पदार्थहरूले तपाईँको शरीरबाट पानी सोस्दछ र मुख सुक्खा गराउने, टाउको दुख्ने, थकाई लाग्ने जस्ता समस्याहरू उत्पन्न गराउँदछ। त्यसैले घर फर्किएपछि प्रशस्त पानी पिउन नबिर्सनुहोला।
३, जङ्क फूड खाने : घर फर्किएपछि यसो केहि खान पाउनुको मज्जा नै बेग्लै हुन्छ। तर साँझको चियासँग फ्राइ गरेको निम्की अनि बिस्कुट खानु भनेको बाँकी रहेको रातको गुणस्तरमा खेलवाड गरेको जस्तो हुन्छ। त्यसैले अब साँझको कालो चियासँग ९ दूध चियाले ग्यास्ट्रिक गराउँदछ० बदाम अथवा काजु खानुहोस्, अथवा डाइजेस्टिभ बिस्कुट खानुहोस्। त्यो पनि धेरै नखानुहोस्। याद गर्नुहोस् कि रातिको खाना खान अब धेरै बाँकी छैन।
४, धेरै टिभी हेर्ने : कार्यालयबाट अथवा कतै गएर साँझ थकित मुद्रामा घर फर्किनुहुन्छ र आफ्नो सबै थकाई टिभी अगाडिको सोफामा बसेर मार्नुहुन्छ। पत्याउनुहुन्न होला, तर टिभीले झन् तपाईँको थकाई मार्नुको सट्टा बढाउने काम गर्दछ। त्यसैले पसिना नसुकुञ्जेलसम्म यानिकी बढिमा आधा घण्टा मात्रै समय टिभिलाई दिनुहोस्। बरु आफ्नो परिवारसँग हाँसेर, बोलेर गुणस्तरीय समय व्यतित गर्नुहोस्।
५, धेरै खाने : विहानको खाजालाई दिनको सबैभन्दा महत्वपूर्ण खाना मानिन्छ। हो, त्यो एकदम सत्य हो। तर, रातिको खाना पनि कम महत्वपूर्ण भने छैन। तथापी, मानिसहरू रातको समयमा भोक लाग्यो भन्दै अपच हुने गरी टनाटन खान्छन्। रातिको खाना भनेको दिनको सबैभन्दा हलुका खाना हुनुपर्छ, किनभने सुत्ने समय धेरै बाँकी छैन र सुतेको बेलामा तपाईँ आफ्नो पेटलाई थकाउन चाहनुहुन्न। धेरै खाएपछि पेटलाई पचाउन गाह्रो पर्छ र सुतेपछि पेटमा बढि तनाव हुन थाल्दछ। जसको कारण ग्यास्ट्रिक, एसिडिटी अनि गुणस्तरहीन निन्द्रा जस्ता समस्या उत्पन्न हुने हुन्छ। त्यसैले सकेसम्म ठीक्क हुने गरी मात्रै रातिको भोजन गर्नुपर्दछ। यो अति लाभदायी सामाग्री आफुले पढेपछि सबैको जानकारीका लागि सेयर गर्नुहोला ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209