Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाललाइ साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक

नेपाललाइ साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक

काठमाडौं : नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ । आज गोकर्णमा भएको खेलमा नेपालका सुवास तामाङले दुई स्वर्ण जितेका हुन् । उनले ब्यक्तिगत र टिम तर्फ एक–एक स्वर्ण जितेका हुन् ।

सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । साग गल्फमा चार स्वर्ण, चार रजत र चारनै कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकको हिसावले नेपालले सागमा गल्फ खेल राखेको हो ।