Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

साइक्लिङमा नेपाललाई स्वर्ण

साइक्लिङमा नेपाललाई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बिहीबार अर्को स्वर्ण थप गरेको छ । नेपालका लागि साइक्लिङमा लक्ष्मी मगरले स्वर्ण थपेकी हुन् ।

साइक्लिङमै उषा खनालले रजत जितिन् । सागको पाँचौं दिनमा थपिएको दुई स्वर्ण सँगै नेपालले ३१ स्वर्ण बनाएको छ । यो सँगै नेपाल, सवै भन्दा बढी स्वर्ण जितेको आठौं सागको नजिक पुगेको छ ।

आठौंमा नेपालले ३२ स्वर्ण जिते पनि त्यसपछि कुनै सागमा नेपालले दोहोरो अंक जोड्न सकेको छैन ।