Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कप्तान ज्ञानेन्द्रको शतकसँगै भुटानलाई नेपालले दियो २३७ रनको विशाल लक्ष्य

कप्तान ज्ञानेन्द्रको शतकसँगै भुटानलाई नेपालले दियो २३७ रनको विशाल लक्ष्य

काठमाडौं : १३ औँ साग अन्तर्गत भुटानविरुद्ध टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकको मद्दतमा २३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो ।

टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा यो नेपालको उच्चतम स्कोर हो । नेपालका लागि ओपनरका रुपमा आएका ज्ञानेन्द्रले आक्रमक शतक प्रहार गरे । उनले ५५ बलमा १०७ रन प्रहार गरे ।

यस्तै पारस खड्काले २८ बलमा ५७, दिपेन्द्रसिहं ऐरीले २७ बलमा ४५ रन बनाए । भुटानले केहीबेरमा जवाफी व्याटिङ थाल्नेछ ।