काठमाडौं : १३ औं साग अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् । आज विहान लगनखेलस्थित सेनाको कभर्डहलमा भएको खेलमा नानछ्वान अल राउन्डमा निमाले स्वर्ण जितेकी हुन । उनले १८ दशमलब ९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । उनले अघिल्लो सागमा पनि स्वर्ण जितेकी थिइन् ।
नानछ्वान अल राउन्डमा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेका छन् । आजै विहान भएको खेलमा नेपालका विश्वबुद्ध मगरले ताउसु कुन्सु अलराउण्डमा रजत पदक जिते । उनले १३ दशमलब १३ अंक जोडेर रजत पदक जितेका हुन् । यो प्रतिस्पर्धामा भारतले स्वर्ण जितेको छ ।