Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ट्रायथलनमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य गरी ६ पदक जित्यो

ट्रायथलनमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य गरी ६ पदक जित्यो

काठमाडौं । ट्रायथलनका खेलहरु बुधबारबाट सकिएका छन् । ट्रायथलनमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य गरी ६ पदक जित्यो ।

बुधबार सम्पन्न मिक्स टिम रिले ट्रायथलनमा नेपालले रजत पदक जित्यो । सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले रजत जितेको हो । त्यस्तै पुरुषतर्फको स्प्रीन्ट विधाको ट्रायथलनमा बसन्त थारुले काँस्यमै चित्त बुझाए ।

यसअघि ट्रायथलन महिलातर्फको स्प्रीन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी थिइन् । त्यस्तै दुवाथलन पुरुष तर्फको स्प्रीन्ट विधामा हिमाल टमाटाले स्वर्ण जिते ।

दुवाथलन पुरुषतर्फको स्प्रीन्ट विधामा लक्ष्मण मल्लले रजत जिते । महिलातर्फ हुमी बुढा मगरले रजतमा चित्त बुझाइन् ।