Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिहीबार ४४ लाख डोज भेरोसेल खोप आउँदै

बिहीबार ४४ लाख डोज भेरोसेल खोप आउँदै

काठमाडौं- सरकारले चीनबाट खरीद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आगामी बिहीबार (भदौ ३१ गते) नेपाल आइपुग्ने भएको छ। सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरीद गरेको थियो, जसमध्ये १६ लाख डोज खोप भदौ पहिलो साता भदौ ४ र ५ गते नै आइसकेको छ।

व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप लिनका लागि भदौ ३० गते हवाइजहाज चीन जाने र ३१ गते नेपाल आइपुग्ने गरी तयारी गरिएको छ।

नेपालमा यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका खोप आइसकेको छ।

त्यसबाहेक असोजमा गाभी मार्फत १ लाख डोज फाइजर खोप आउने छ भने यसैवर्षको अन्त्यसम्म ६० लाख फाइजर ४० लाख मोर्डना गरी एक करोड डोज खोप आउने बताइएको छ। फाइजर मंसिर सम्ममा आउने छ भने मोर्डना केही समयपछि आउने बताइएको छ।

नेपालमा हालसम्म १७ प्रतिशतले कोभिड विरुद्धको पूर्ण खोप र १९ प्रतिशतले पहिलो मात्रा खोप पाइसकेका छन्।