काठमाडौं । नेपालले कराँतेमा थप एक स्वर्ण जितेको छ । महिला कराँतेको ६८ केजी माथि ताैल समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन् । उनले पाकिस्तानकी नर्गिसलाई ६–३ ले पराजित गरिन् । पाकिस्तानले रजत जित्यो । याे सँगै नेपालकाे स्वर्ण संख्या २४ पुगेकाे छ ।