काठमाडौं । तेक्वान्दोमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । नेपालकी काजल श्रेष्ठले ४६ केजी मुनिको ग्योर्योगीमा स्वर्ण जितेकी हुन् ।
उनले फाइनलमा पाकिस्तानकी सैयड सिद्रा बटुललाई ५०–१४ ले पराजित गरिन् ।
यो सँगै नेपालले जारी सागमा २२ वटा स्वर्ण जितेको छ ।