काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७५२ जनाको पीसीआर परीक्षणमा १ हजार ५७७ र ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८८ जनामा कोरोना पुष्टि भएको छ ।सोही अवधिमा २३३७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनामा परीक्षण भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको छ ।
यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ भने त्यसमध्ये ७ लाख ८ हजार २३० जना निको भएका छन् ।
हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् ।