काठमाडौं । नेपाली महिला टोलीले सागमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले १–० गोलले श्रीलंकालाई हराएको हो ।
दोस्रो हाफको ८६ औँ मिनेटमा सरु लिम्बुले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो खेल जितेसँगै नेपालले ३ अंक जोडेको छ ।
नेपालले दोस्रो खेलमा बिहीबार माल्दिभ्ससँग खेल्ने छ । मंगलबार हुने दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्दै छन्। प्रतियोगितामा ५ टोली सहभागी छन् ।