Shares
Shares
लिभर सिरोसिसलाई ‘लिभर फेलियर’ भनेर बुझ्न सकिन्छ । सिरोसिस भनेको ‘कलेजो फेल’ भएको अवस्था हो । कलेजो रोगमा क्यान्सरपछि यो दोस्रो गम्भीर समस्या हो । कलेजो ७०–८० प्रतिशतसम्म बिग्रँदा पनि कतिपय अवस्थामा कलेजो रोगको लक्षण वा समस्या नदेखिन सक्छ । नियमित मध्यपान नर्गे र कलेजो बिग्रँदै गरेको व्यक्तिको केही महिनाअघि गरिने जाँच पनि सामान्य देखिन सक्छ । कसैकसैलाई रोगको सुरुवातीमा कमजोरी महसुस हुन सक्छ । छिट्टै थकाइ लाग्ने, काम गर्न गाह्रो हुने, हातखुट्टा गलेर आउने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन सक्छ ।
किन हुन्छ लिभर सिरोसिस?
१. कम्तिमा १० वर्षदेखि नियमित मध्यपान गर्ने वा हप्तामा ४ दिनजसो मदिरा सेवन गर्ने व्यक्तिको कलेजो बिग्रने हुन्छ । हाम्रो समाजमा भने ९०–९५ प्रतिशत लिभर सिरोसिसको कारण रक्सीको नियमित सेवन नै हो ।
२. हेपाटाइटिस बी र सी इन्फेक्सन लामो समयदेखि उपचार नगरेमा । रगत, असुरक्षित यौन सम्पर्क, आमाबाट सन्तानमा, लागूऔषध, प्रयोग भइसकेको सुइ साटफेर आदि माध्यमबाट हेपाटाइटिस हुनेगर्छ । हिजोआज लामो समयदेखि हेपाटाइटिस बी र सी भएर कलेजो बिग्रेका बिरामीको संख्या पनि बढ्दो मात्रामा छ ।
३. अन्य कारणहरु : मधुमेह, मोटोपना, कलेजोमा बोसोको मात्र (फ्याटी लिभर) आदि ।
लिभर सिरोसिसका लक्षण
१.जन्डिस रहिरहनु,
२. खान मन नलाग्नु, बान्ता हुनु,
३. आलस्य र कमजोरी मससुस हुनु,
४. खुट्टा सुनिन्नु वा फुल्नु,
५. पेटभित्र पानी जमेर पेट फुल्नु अर्थात् पेट ठूलो हुनु,
६. छाला, मासु गलेर आउनु,
७. चाँडो थकाइ लाग्नु,
८. शरीर दुब्लाउँदै जानु,
९. केटा मान्छेको स्तन बढ्नु,
१०. बान्ता गर्दा रगत देखिनु,
११. दिसामा रगत देखिनु, दिसा कालो हुनु,
१२. पिसाबमा कमी आउनु,
१३. बोली लटपटिनु, बेला–बेलामा होश गुम्नु,
१४. दिउँसो निद्रा लाग्नु, राति बर्बराउनु,
१५. सास फेर्न गाह्रो हुनु, केही पाइलापछि हिँड्न मुस्किल पर्नु,
१६. चोट लाग्दा रगत बगिरहनु, आदि।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209