Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशभर थपिए ३ हजार ४२ काेराेना संक्रमित , २६ जनाको मृत्यु उपत्यकामा मात्र थपिए ८९८ कोभिड संक्रमित

देशभर थपिए ३ हजार ४२ काेराेना संक्रमित , २६ जनाको मृत्यु उपत्यकामा मात्र थपिए ८९८ कोभिड संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२ जना कोभिड संक्रमित थपिएका छन् । १७ हजार ६५४ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु पुष्टि भएको छ भने २ हजार २४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९८ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ६३१ पुगेको छ । आज देशभर ३६ हजार ९२२ जना होम आइसोलेसनमा, ३ हजार ३८७ जना संस्थागत आइसोलेसनमा, ७१४ जना आईसीयू तथा १७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।