काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जित्न सफल भएको छ । सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो ।
नेपालले फाइनलमा श्रीलंकालाई पराजित गरेको हो । नेपाली टोलीले फाइनलमा २५.५४ अंक प्राप्त गर्यो। यस्तै श्रीलंकाले २५.२८ अंकले पराजित गर्यो। त्यसअघि बंगलादेशलाई हराउँदै नेपाल अन्तिम दुईमा पुगेको हो । नेपाली टोलीले २५.१४ स्कोर गर्दा बंगलादेशले २४.८८ स्कोर गरेको थियो । श्रीलंकाले पाकिस्तानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो ।