Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

१३ औं दक्षिण एसियाली खेदकुद (साग) अन्तर्गतकाे महिला क्रिकेट खेलमा नेपालको जित

१३ औं दक्षिण एसियाली खेदकुद (साग) अन्तर्गतकाे महिला क्रिकेट खेलमा नेपालको जित

काठमाडौं । युवा क्रिकेटर अञ्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३ औं दक्षिण एसियाली खेदकुद (साग) अन्तर्गतकाे महिला क्रिकेट खेलमा माल्दिभ्सलाई १० विकेटको हराएको छ ।

नेपालको जितमा अञ्जलीले अद्भुद प्रदर्शन गरेकी छिन् । उनले २.१ ओभर बलिङ गर्दै कुनै रन नदिई ६ विकेट लिइन् ।

पोखरामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको माल्दिभ्सले १०.१ ओभरमा अलआउट हुँदै १६ रन मात्र बनाउन सक्यो । अञ्जलीको घातक स्पेल सामू माल्दिभ्स टिक्न नसकेपछि नेपालले सहज लक्ष्य पाएको हो ।

सो लक्ष्य नेपालले ५ बलमा पूरा गरेको छ । सो क्रममा ओपनर काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।