Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रजिअहरुलाई सरकारको निर्देशन : कोरोनाको तेस्रो लहर आउँदैछ, तयारी थाल्नू

प्रजिअहरुलाई सरकारको निर्देशन : कोरोनाको तेस्रो लहर आउँदैछ, तयारी थाल्नू

सरकारले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोगिने तयारी गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले कोरोना उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गरी काम अगाडि बढाउन निर्देशन दिएको हो।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै पूर्व तयारी गर्न सिडिओहरूलाई निर्देशन दिएको हो। यसअघिको अवस्थामा सञ्चालन भएका अस्पतालहरू हाल स्थगन गरिएको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नु पर्ने आवश्यक देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै, सूचीकृत अस्पतालमा रहेका संक्रमितको तथ्यांक तथा विवरण दैनिक अद्यावधिक गर्न मन्त्रालयले निर्देशन दिएको छ।