Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोनाअस्पतालहरूको सूचीकृत गरी अनुगमन गर्न गृह मन्त्रालयको निर्देशन

कोरोनाअस्पतालहरूको सूचीकृत गरी अनुगमन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ ,गृह मन्त्रालयले कोरोनाभाइरस (कोभिड—१९) को लहरलाई आउन सक्ने भन्दै ७७ जिल्लाका स्वास्थ्य संस्थालाई सूचीकृत गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयहरूलाई आइसोलेसन सेन्टर, अस्पताल मेडिकल कलेजहरू सूचीकृत गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

यस्तै अस्पतालहरूको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सूचीकृत गर्न आह्वान गरेको छ । आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरू र मेडिकल कलेजहरू सूचीकृत गरी सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रमा पठाउन, सूचीकृत अस्पतालहरूको नियमित सुपरिवेक्षण अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।