काठमाडौं : दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोमा कमल श्रेष्ठले स्वर्ण जितेका छन् । जारी सागमा नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई हराउँदै स्वर्ण हात पारे ।
तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले आठ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे । तेस्रो स्थानमा श्रीलंकाका खेलाडी रहेख। उनले ८ दशलमव ५० अंक प्राप्त गरे ।