काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो पदक जितेको छ । पाकिस्तानसँग फाइनलमा पराजित हुँदै नेपालले पहिलो पदक रजत जितेको हो ।
यो पदक चन्चला दनुवारले नेपाललाई दिलाएकी हुन् । कराँतेको सिनियर महिला व्यक्तिगत कातातर्फ उनले नेपाललाई यो सागको पहिलो रजत पदक दिलाएकी हुन् ।
उनी पाकिस्तानकी साइदासँग पारजित भइन् । पाकिस्तानी साइदाले २५.२८ अंक ल्याएर स्वर्ण जितिन् । चन्चलाले २४.६२ अंक प्राप्त गरेकी थिइन् । चन्चला समूह एबाट शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरेकी हुन् ।