Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चिनियाँ खोप भेरोसेल खाेपको दोस्रो मात्रा साउन २२ देखि सुरु गर्ने

चिनियाँ खोप भेरोसेल खाेपको दोस्रो मात्रा साउन २२ देखि सुरु गर्ने

कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिले साउन २२ गतेदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । सरकारले साउन २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो ।

साउन २२ गतेदेखि देशैभर भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि, गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिका नागरिक र अत्यावश्यक सेवाका व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो ।

साउन २२ गतेदेखि देशभरको ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयमार्फत कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गर्नेगरी स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णय भएको हो ।