काठमाडौं । तेहौं दक्षिण एसियाली खेलकुद (सागको) १३औं संस्करण आज (आइतबार) काठमाडौंमा भव्य रूपमा औपचारिक उद्घाटन हुदैछ ।
दिउँसो ३ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा सागको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा नेपाली कलाकारले आफना प्रस्तुती दिने छन् ।
त्यस्तै कलाकार, नेपाली सेना,नेपाली प्रहरी लगायतले सांस्कृतिक झाकीहरु प्रस्तुती गर्ने छन् ।
उद्घाटन समारोहका लागि कलाकारहरुले शुक्रबार सांझ दशरथ रंगशालामा अभ्यास गरेका थिए ।
उदघाटन समारोहमा नेपाल सहित विभिन्न राष्ट्रका विदेशी पाहुना सहभागि हुदै छन् । नेपालमै आयोजना भएको अन्तराष्ट्रिय प्रतियोगिता भएकाले सागलाइ गौरवको रुपमा हेरिएको सरकारले जनाएको छ ।
यस्तै भ्रमण वर्ष २०२० लाई प्रर्वद्धन गर्न पनि महत्वपुर्ण हुने सरकारको भनाइ छ ।
सागको औपचारिक उद्घाटन अाइतबार भएपनि भलिवलका खेल मंगलवारदेखि नै सुरु भएको छ । सागका खेलहरु काठमाडौं, पोखरा, जनकपुरमा हुने छ । सागको समापन २४ मंसिरमा हुने छ ।