Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोनाको दोश्रो खोप कहाँ कसरी लगाउने?पढ्नुहोस

कोरोनाको दोश्रो खोप कहाँ कसरी लगाउने?पढ्नुहोस

५ वैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएर गाउँ गएका नागरिकलाई आफ्नो विवरण स्थानीय तहको स्वास्थ्य शाखामा टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गरी भेरोसेल खोपको पहिलो मात्रा लगाएर उपत्यका बाहिर गएकाहरुले स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा विवरण टिपाउन आग्रह गरेको हो ।

मन्त्रालयले त्यसरी संकलन गरिएको लगत स्वास्थ्य सेवा विभागमा पठाउन पनि सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुलाई निर्देशन पनि दिएको छ ।खोप लगाउनुपर्ने व्यक्तिको लगत प्राप्त भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।मन्त्रालयले खोप लगाउनुपर्नेलाई निषेधाज्ञाको समयमा पनि आवतजावतको व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ ।

हेर्नुहोस् सूचना