काठमाडौं : १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल साँझ पाँच बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ । पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाललाई सेमिफाइनलमा पुग्न आजको खेलमा जित्नैपर्ने दवाव छ ।
आजै समूह बीमा रहेका श्रीलंका र माल्दिभ्सको खेलपनि हुँदैछ । समूह ए मा भारत तीन अंक सहित शिर्ष स्थानमा छ । दुई अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । भलिबलमा भारत दक्षिण एसियामा निक्कै बलियो मानिन्छ । साग भलिबलमा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन ।