Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

दक्षिण एसियाली खेलकुद सागको उद्घाटन र समापन हुँदा सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने

दक्षिण एसियाली खेलकुद सागको उद्घाटन र समापन हुँदा सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने

काठमाडौं : दक्षिण एसियाली खेलकुद सागको सम्पुर्ण तयारी पूरा भएको छ । सागका लागि सुरक्षा व्यवस्थ चुस्त बनाउन सबै तयारी पूरा भएको नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए । यसका साथै उनले खेलका दौरान ट्राफिक व्यवस्थापनको काम पनि सकिएको बताए ।

सागको उद्घाटन र समापनका बेला ट्राफिक व्यवस्था कम गर्न जोरबिजोर प्रणाली लागू गरिने महानिरीक्षक खनालले बताए । जसमा १५ गते बिजोडी र २४ गते जोडी नम्बर चलाउनुपर्ने बताए ।

उद्घाटन र समापनका बेला रंगशालामा हेर्न आउने सर्वसाधारणका लागि पार्कीङको व्यवस्था टुडिखेलमा गरिएको छ । यसका साथै भारत र पाकिस्तानको खेलाडीलाई हुने जोखिम कम गर्न विशेष सुरक्षा व्यवस्था गरिएको छ ।

दशरथ रंगशालामा नयाँ राखिएका कुर्सीहरु यदि दर्शकले आक्रोश वा अन्य कुनै किसिमले भाँचेमा त्यसको क्षतीपुर्ती दर्शकले तिर्नुपर्ने राष्ट्रिय खेलकुद परिषद्ले बताएको छ ।