Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

पूर्व प्रधानमन्त्री खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेता खनाललाई शनिवार आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो ।उनलाई अहिले काठमाडौं स्रोह्रखुट्टेस्थित मनमोहन मेमोरियल कलेजमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । यद्यपि, स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बुझिएको छ । यसअघि खानेपानी मन्त्री मणीचन्द्र थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, एमाले नेता विष्णु रिजाल लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस् कोरोना कहरः तनावबाट मुक्तिका लागि कलम र कागज साथी हुन सक्ने

नयाँ भेरियन्टसहितको कोरोना फैलिएका बेला यसबाट बच्न जारी निषेधाज्ञाबीच तनावबाट मुक्तिका लागि कलम र कागज साथि हुन सक्नेमा जोड दिइएको छ ।सुशील कोइराला मेमोरियल फाउण्डेसनले आज यहाँ भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारी र फाउन्टेन पेन’ अन्वेषण यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा फाउन्टेन पेन सङ्कलनमा विशेष रुचि राख्ने भारतीय पत्रकार, शिक्षक र लेखक शुभव्रत गाङ्गुलीले महामारीमा निषेधाज्ञाले गरेको आर्थिक अस्थिरतामा आय हुँदैन, घरपरिवार कसरी पाल्ने भन्ने चिन्ताले मानिसमा हुने तनाव व्यवस्थापन गर्न फाउन्टेन पेन सहयोगी हुन सक्ने बताए ।अलमलमा जाने फुर्सदको समयलाई उपयोग गर्न कलम र कागजले मद्दत गर्ने भएकाले यसमा मानिसको ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले निषेधाज्ञाबीच घरमै बस्न बाध्य मानिसका मनमा लागेका कुरा कलमका माध्यमबाट कथा, कविता, लघुकथालगायत साहित्यका विधामा ढालेर अभिव्यक्त गर्दा आत्मविश्वास बढ्नुका साथै शरीरमा रोग प्रतिरोधी क्षमतासमेत वृद्धि हुने बताए ।

हात हातमा मोबाइल, सामाजिक सञ्जालमा व्यस्त हुँदा अनुत्पादक क्षेत्रमा सक्रिय भई मानिसमा चिन्ता बढेकाले कलमको प्रयोग गर्न समाजलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएका उनले सुनाए । यस्ता विषयमा फाउण्डेसनले अध्ययन अनुसन्धानलाई पनि निरन्तरता दिएको जनाएको छ ।

सो अवसरमा सुलेख (क्यालिग्राफरं विज्ञ केसी जनार्दनले हस्ताक्षर, कलम र दिमागले शरीर एवं मनका लागि ध्यानको काम गर्ने, हस्ताक्षर फरेन्सिक जाँच गर्न पनि उपयोगी हुने भएकाले यसको उपयोगिता रहेकामा जोड दिए । यसले लेखन सुधार गर्न पनि सहयोग गर्ने भएकाले समाजका सबै क्षेत्रमा लागेका मानिसका लागि कलम र कागज उपयोगी हुने भनाइ उनले राखे ।

कार्यक्रममा माइक्रोसफ्टका लेखा कार्यकारी दीपेन्द्रराज बज्राचार्य, डा यादव पण्डित, रोजी कट्टेल, रामचन्द्र पोखरेल, पत्रकार जगत नेपाललगायतले महामारीबाट शिक्षा, स्वास्थ्य, अर्थ लगायतसमाजका सबै क्षेत्र प्रभावित पारेकाले कलम र कागजको उपयोग गरेर प्रतिभा विकासका काम गर्न सकिने आफूहरुको अनुभव रहेकामा जोड दिए ।

लेखन कार्यले मन र शरीरको समन्वय हुँदा चलायमान भई स्वास्थ्याई समेत राम्रो हुने कार्यक्रमका वक्ताको भनाइ थियो । कागज र कलम दुवै वातावरणमैत्री भएको पनि कुनै नोक्सानी नगर्ने, कम्प्युटर, ल्यापटप, ट्याब्लेटलगायत विद्युतीय सामग्रीमा काम गरिरहँदा समस्या धेरै हुन सक्ने भएको पनि कागज र कलम निषेधाज्ञाका बेला उपयोग गर्न उनीहरुले सुझाए ।