Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

काठमाडौँमा उपत्यकामा २ हजार ४९५ जना संक्रमित थपिए अन्य जिल्लामा कति ?

काठमाडौँमा उपत्यकामा २ हजार ४९५ जना संक्रमित थपिए अन्य जिल्लामा कति ?

काठमाडौँ / बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँ जिल्लामा एक हजार ९३२ जना, ललितपुर जिल्लामा ३५५ जना र भक्तपुर जिल्लामा २०८ जना संक्रमित थपिएका हुन् ।

यसैगरी बाँकेमा ५५१ जना, रुपन्देहीमा ४२२ जना, कास्कीमा २१२ जना, दाङमा २५१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कारोना भाइरसबाट थप ५ हजार ७६३ जना संक्रमित भएको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १९ जनाको निधन भएको रिर्पोट छ भने एक हजार २८७ जना निको भएका छन् । हालसम्म नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या ३ लाख २८ हजार ८९३ रहेको छ भने २ लाख ८२ हजार ३८२ जना भने निको भएका छन् ।

त्यस्तै, हालसम्म ३ हजार २९८ जना संक्रमितको निधन भइसकेको मन्त्रालयले जनाएको छ ।