Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

महामारीको यो बेला घरबाटै कसरी लिने स्वास्थ्य सेवा ?

महामारीको यो बेला घरबाटै कसरी लिने स्वास्थ्य सेवा ?

बाँके घर भइ कीर्तिपुर बस्दै आएकी निरा थारु गर्भवती हुनुहुन्छ । गर्भ रहेको चौथो महिना चलिरहँदा चार पटक नै जाँच गरिसक्नुभयो । यसअघि एकपटक गर्भ खेर गएकाले फेरि त्यस्तो नहोस् भनेर उहाँ बेलाबेला जाँच गराउन अस्पताल गइरहनुहुन्छ । तर अहिले सुरु भएको निषेधाज्ञाका कारण डाक्टरले अस्पताल नआउन आग्रह गरेपछि भने उहाँ चिन्तित हुनुहुन्छ । अहिलेसम्म अवस्था सामान्य नै भएको डाक्टरले बताए पनि अबको दिनमा जाँच गराउन नपाइने हो कि भन्ने पीरले उहाँलाई सताइरहेको छ ।

घर तथा आफन्तबाट टाढा रहेको र आफूलाई धेरै कुरा थाहा नभएकाले चिन्ता लाग्ने गरेको उहाँ बताउनुहुन्छ । अस्पताल जाँदा कोरोनाको डर छ भने अस्पताल नजाँदा गर्भको अवस्था के छ भन्ने थाहा नहुने हुँदा उहाँजस्तै अरु महिलाहरु यतिखेर समस्यामा परेका छन् । कोरोना भाइरस महामारीको पहिलो लहरमा गर्भवती र सुत्केरी धेरै प्रभावित भएका थिए । त्यही भएर अहिले कोरोना सर्छ कि भन्ने डर उत्तिक्कै लाग्छ निरालाई । कोरोनाको जोखिम भएकाले डाक्टरले नियमित जाँचका लागि अस्पताल आइरहनु पर्दैन भनेका छन् । सामान्य समस्या भएमा फोनमार्फत् सल्लाह लिन र केही जटिल समस्या भएमा मात्र अस्पताल जान भनेका छन् ।

धादिङकी गंगा घिमिरेको कान बेलाबेला दुखिरहन्छ । लामो समयदेखि कानको समस्या भोगीरहेकी उहाँलाई डाक्टरले अप्रेशन गर्न सल्लाह दिएका छन् । पछिल्लो समय कानको समस्या बढ्दै गए पनि कोरोना सङ्क्रमणको डरले अस्पताल नगएको उहाँ बताउनुहुन्छ । अस्पताल जाने भन्दाभन्दै निषेधाज्ञा सुरु भयो । कानको समस्या बढ्दै गए पनि डाक्टरसँग घरबाटै सल्लाह लिने गरेको र डाक्टरको सल्लाहअनुसार औषधि लिइरहेको उहाँ बताउनुहुन्छ ।

निरा र गंगा जस्तै धेरैले यतिबेला अस्पताल जानुभन्दा सकेसम्म घरमै उपचार गर्ने विकल्प रोजिरहेका छन् । कम जटिल प्रकृतिका दीर्घरोगी र घरबाट उपचार गर्न सकिने खालका बिरामीले घरमै बसेर स्वास्थ्य समस्याको समाधान गरिरहेका छन् । गएको वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणका कारण उपचार सेवा प्रभावित हुँदा धेरै जना समस्यामा परेका थिए । उपचारको अभावमा कतिपयको ज्यानसमेत गएको थियो । तर केही व्यक्तिहरु कोरोना भाइरसलाई सामान्य मानेर सानातिना स्वास्थ्य समस्या हुँदासमेत अस्पताल गएका थिए । जसले गर्दा कोरोना भाइरस फैलनमा मलजल पुगेको थियो ।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि यो वर्ष पनि सरकारले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । डाक्टर लगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रीत हुनुपर्ने भएपछि सरकारले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको हो ।

अरु आकस्मिक सेवा भने यथावत् सञ्चालन गर्न भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था तत्काल गर्न पनि भनेको छ ।

सरकारले यस्तो निर्देशन दिए पनि काठमाण्डौका ठूला सरकारी अस्पतालहरु वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायतका अस्पतालमा ओपीडी सेवा बन्द गरिएको छैन । सरकारले भने सानातिना स्वास्थ्य समस्या हुँदैमा अस्पताल नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारी महामारीको अहिलेको समयमा सानोतिनो समस्या लिएर अस्पताल नजान आग्रह गर्नुहुन्छ ।

‘अरु समस्या भएर अस्पताल गएको बेला कोरोना सङ्क्रमण भएमा झन् धेरै असर गर्छ । अस्पतालमा सबै खालका बिरामी जम्मा हुने भएकाले त्यो झनै संवेदनशील ठाउँ हो । सानातिना समस्याका लागि घरबाटै जानकारी लिन सकिन्छ’ डाक्टर अधिकारीले भन्नुभयो । अस्पताल गइरहँदा अरु रोग सर्ने जोखिम पनि उत्तिक्कै हुने गर्छ ।

स्वास्थ्य सम्बन्धी जानकारीका लागि अहिले विभिन्न हटलाइन सेवाहरु सञ्चालन भएका छन् । त्यहाँबाट पनि जानकारीहरु लिन सकिने डा.अधिकारी बताउनुहुन्छ । यसो गर्न सकेमा आवश्यक सेवा पाउनुका साथै अस्पतालहरुमा धेरै भीडभाड हुँदैन । पहिला नै अरु रोग लागेको अवस्थामा कोरोना थपियो भने झन् समस्या हुन्छ । तर स्वास्थ्य समस्या लुकाएर राख्न हुँदैन । प्रविधिको माध्यमबाट समस्या राख्ने र आवश्यक सल्लाह लिने गर्नुपर्छ । अरु खालका बिरामी भएको बेलामा मात्र होइन, कोरोना भाइरसकै सङ्क्रमण भएको अवस्थामा पनि अस्पताल गइहाल्नु नपर्ने डाक्टरहरु बताउँछन् । कोरोना भएपछि एक्कासी गाह्रो हुने होइन । सङ्क्रमण पुष्टि हुँदैमा आत्तिनु पर्दैन । पुष्टि भएकामध्ये २० प्रतिशतलाई मात्र लक्षण देखिन्छ ।

सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा बस्दा पालिकाका जनप्रतिनिधि र स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ । जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहनुपर्ने डाक्टर अधिकारी बताउनुहुन्छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल पनि कोरोनाको जोखिम बढेका बेला सानातिना स्वास्थ्य समस्या लिएर अस्पताल नजान सुझाव दिनुहुन्छ । 'अस्पताल जानै पाइँदैन भनेको होइन । तर सानातिना समस्या हुँदैमा अस्पताल गएर भीडभाड नबढाउँ मात्र भन्न खोजेको हो ’ उहाँले भन्नुभयो ।

अहिलेको मुख्य चुनौती कोरोना रोकथाम र नियन्त्रण हो । दुई महिनापछि अप्रेशन गर्दा समस्या नहुनेहरुले अहिले नै गएर अस्पतालमा भीडभाड नगर्नु नै राम्रो हुने डाक्टरहरु बताउँछन् । घरबाटै कसरी लिने स्वास्थ्य सल्लाह ? कोरोना भाइरस सम्बन्धी वा अन्य कुनै पनि स्वास्थ्य सम्बन्धी जानकारी लिनु परेमा घरमै बसेर फोन गर्न सकिन्छ ।

कोरोना भाइरस सम्बन्धी जानकारी लिनका लागि

हटलाइन : ११३३ मोबाइल : ९८५१२५५८३९ नम्बरमा सम्पर्क गरेर बुझ्न सकिन्छ । यस्तै कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू : डा. श्रवण कुमार मिश्र : ९८५१२६८२२०​ डा. रञ्जित शाह : ९८७२७०१४६५ राजेश कुमार गुप्ता : ९८५१२३९९८८

दिनेश थापा मगर : ९८२३१६८५४० नरेश थापा मगर : ९८०३१५२१४९

स्वास्थ्यमा जुनसुकै समस्या आइपरे पनि फोन गर्न मिल्ने नम्बरहरु : डा.लोचन कार्की, फिजिसियन : ९८५१०५६६८९ डा. शिव प्रसाद श्रेष्ठ बालरोग : ९८५१०५७१९० डा.अनिल विक्रम कार्की , नाक कान घाँटी : ९८०४२५९२८३ डा.बद्री रिजाल, हाडजोर्नी, : ९८५११४८६९९ डा. प्रकाश बुढाथोकी दन्तरोग : ९८४१३३६९४३ डा. निरज कुमार सिंह फिजिसियन : ९८४९२२८९०३ डा. विश्वराज दवाडी फेमिली फिजिसियन : ९८४१२२६३२२ डा. विपेश आचार्य , प्याथोलोजिस्ट ः ९८५१०७३४ डा. लिजन महर्जन, नाक कान र घाँटी : ९८४११९०२५८ डा.नन्द कुमारी गुरुङ, आँखा : ९८४७०३१४८६

डा. प्रमोद जोशी, हाड जोर्नी : ९८४१५२५६७० डा. रितेश थापा, मानसिक रोग : ९८४१५५६४१२ डा. सञ्जीव तिवारी, फेमिली फिजिसियन : ९८५११६७७२२

प्रदेश नम्बर १ का अस्पतालका नम्बर :

भोजपुर जिल्ला अस्पताल : ०२९-४२०१८८ धनकुटा जिल्ला अस्पताल : ०२६-५२०१३५ इलाम जिल्ला अस्पताल ः ०२७-५२००३३ मेची अञ्चल अस्पताल (झापा) : ०२३-५२०१७२ जिल्ला अस्पताल दिक्तेल (खोटाङ) : ०३६-४२०५७६ कोशी अञ्चल अस्पताल (मोरङ विराटनगर) : ०२१-५७०१०३ र ०२१-५३०१०३ र ९८५२०२१७४१ ओखलढुङ्गा अस्पताल :९८५२८४१११६ मनाङ अस्पताल : ०६६-४४०१९७ /९८६१२४२७८३/ ९८४१३६३६५५ पाँचथर जिल्ला अस्पताल : ०२४-५२०१८८ सङ्खुवासभा जिल्ला अस्पताल : ०२९-५६०१८८ सोलुखुम्बु जिल्ला अस्पताल : ०३८-५२०१८८ सुनसरी जिल्ला अस्पताल : ०२५-५६०११९ ताप्लेजुङ जिल्ला अस्पताल : ०२४-४६०८७७ तेह्रथुम जिल्ला अस्पताल : ०२६-४६०१८८ उदयपुर जिल्ला अस्पताल : ०३५-४२०१८७

प्रदेश नम्बर २ का अस्पतालका नम्बरः नारायणी उप-क्षेत्रीय अस्पताल (पर्सा) ०५१-५२१०५३ बारा जिल्ला अस्पताल : ९८४३८७८८२५ जनस्वास्थ्य कार्यालय रौतहट : ९८५२०२६८९२ सर्लाही जिल्ला अस्पताल : ९८४४०३८७४९ जिल्ला स्वास्थ्य अस्पताल सिरहा : ९८५२८३४८८१

जनकपुर अञ्चल अस्पताल (धनुषा०)०४१-५२०९१८/९८४५४०९५०२ सगरमाथा अञ्चल अस्पताल (सप्तरी) ९८१६०७७९८५ /०३१-५२०१२७ महोत्तरी : जलेश्वर अस्पताल ९८४९४७६७९३, बर्दिवास अस्पताल ९८१५३९४२०३

वाग्मती प्रदेशका अस्पतालका नम्बर : सिन्धुली जिल्ला अस्पताल ०४७-५२०१४५ रामेछाप जिल्ला अस्पताल ०४८-४००११४ दोलखा जिल्ला अस्पताल ०४९-४००१११ भक्तपुर जिल्ला अस्पताल ०१-६६१०७९८र ०१-६६१६०१० धादिङ जिल्ला अस्पताल ०१०-५२०१३० धुलिखेल अस्पताल, काभ्रेपलान्चोक ०११-४९०४९७ पाटन अस्पताल, ललितपुर ०१-५५२२२९५र०१-५५२२२७८र०१-५५२२२६६ त्रिशुली अस्पताल, नुवाकोट ०१०-५६०२३१र ०१०-५६०१८८ रसुवा अस्पताल, रसुवा ०१०-५४०२४५ चौतारा अस्पताल, सिन्धुपाल्चोक ०११-६२०१०३र०११-६२०३४४ भरतपुर अस्पताल, चितवन ०५६-५२०१११र०५६-५२४३००र०५६-५२४०९० हेटौडा अस्पताल, मकवानपुर ०५७-५२०३०५

काठमाण्डौका अस्पताल त्रिवि. शिक्षण अस्पताल : ०१-४४१२३०३र०१-४४१२५०५र०१-४४१२६०५ वीर अस्पताल : ०१-४२२१११९ निजामति कर्मचारी अस्पताल : ०१-४१०७००० श्री वीरेन्द्र अस्पताल : ०१-४२७१९४१ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल : ०१-४२५३३३९६

नेपाल सशस्त्र प्रहरी बल अस्पताल : ०१-४२७०५५३

गण्डकी प्रदेशका अस्पतालका नम्बर बाग्लुङ जिल्ला अस्पताल : ०६८-५२०२८८ र ०६८५२०१८८ पर्वत जिल्ला अस्पताल : ०६७-४२०११९ र ९८५७६२१११९ कास्कीका अस्पताल : ०६१-५२०४६१ र ०६१-५२०३९० तनहुँ जिल्ला अस्पताल : ०६५-५६०२०३ र ०६५-४१४३७७

गोरखा जिल्ला अस्पताल : ०६४-४२०९१८ लमजुङका अस्पताल :९८५६०४६११९ र ०६६-५२०११९ मनाङ अस्पताल : ०६६-४४०१९७ र ९८६१२४२७८३ र ९८४१३६३६५५ मुस्ताङ जिल्ला अस्पताल : ०६९-४४०२९१ र ९८५७६४९५५५ र ९८४६७२३०८१र ९८६७३०९४१६ म्याग्दी जिल्ला अस्पताल : ०६९-५२०५२५र ९८५७६२३१८८ र ९८५६०५९७०१ नवलपुर अस्पताल : ०७८-५४०५३१ स्याङ्जा जिल्ला अस्पताल : ०६३-४२०२३९ र ९८४००७१२८४

​ लुम्बिनी प्रदेशका अस्पतालका नम्बर कपिलवस्तु जिल्ला अस्पताल : ०७६-५६०२०० नवलपरासी अस्पताल : ०७८-५८०४०४ अर्घाखाँची जिल्ला अस्पताल : ०७७-४२०२५७ गुल्मी जिल्ला अस्पताल : ०७९-५२००५० पाल्पा अस्पताल : ०७५-५२०१५४ राप्ती उपक्षेत्रीय अस्पताल दाङ : ०८२-५६२३६५ प्युठान जिल्ला अस्पताल : ०८६-४६००५६ रोल्पा अस्पताल :९८४९४०२५१९, ९८५७८२२१९७ पूर्वी रूकुम जिल्ला अस्पताल : ०८८-४१३१४५ भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँके : ०८१-५२०१२० बर्दिया जिल्ला अस्पताल : ०८४-४२११७७ रुपन्देही, भिम अस्पताल :९८१२४८८७४९

लुम्बिनी प्रादेशिक अस्पताल : ०७१-५४०२००

कर्णाली प्रदेशका अस्पतालका नम्बर जुम्ला जिल्ला अस्पताल : ०८७-५२०३५५ हुम्ला जिल्ला अस्पताल : ०८७-६८०१२० कालिकोट जिल्ला अस्पताल : ०८७-४४०१३३ मुगु जिल्ला अस्पताल : ०८७-४६०१६१ डोल्पा जिल्ला अस्पताल : ०८७-५५०११० र ९८४८१४०३६३

सल्यान जिल्ला अस्पताल : ०८८-५२००६१ रुकुम जिल्ला अस्पताल : ०८८-५३०११५ दैलेख जिल्ला अस्पताल : ०८९-४२०१२७ जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय : ०८९-४३०१२० सुर्खेत क्षेत्रीय अस्पताल : ०८३-५२०२००

​सुदूरपश्चिम प्रदेशका अस्पतालका नम्बरहरु जिल्ला अस्पताल अछाम : ०९७-६२०१८८, ९७-६२५०६२ जिल्ला अस्पताल बैतडी : ०९५-५२०५१४ जिल्ला अस्पताल बझाङ : ०९२-४२१०१८ जिल्ला अस्पताल बाजुरा : ०९७-५४१०१३ उप-क्षेत्रीय अस्पताल डडेल्धुरा : ०९६-४१०२५४, चिरञ्जीबी अस्पताल ०९६-४२०७८०,जोगबुढा अस्पताल ०९६-४११००८ जिल्ला अस्पताल दार्चुला : ०९३-४२०१८८, ९८४८८९६७२० गोकुलेश्वर अस्पताल ९३-४०००८८,९८४८९०४८१९, ९८६५६७०८८२ जिल्ला अस्पताल डोटी: ०९४-४२०११४ सेती अञ्चल अस्पताल, कैलाली: ०९१-५२१२७१, टिकापुर अस्पताल ०९१-५६०१५०, घोडाघोडी अस्पताल ०९१-४०३१०७ महाकाली अञ्चल अस्पताल, कञ्चनपुर : ०९९-५२११११ उज्यालो अनलाइन बाट