सामान्यतया वृद्धवृद्धा अवस्थामा मात्र कपाल फुल्ने गर्दछ । तर पनि पछिल्लो समय युवावस्थामा नै कपाल फुल्ने समस्या देखा पर्ने गरेकाे छ । मानिसहरुको व्यस्त जीवनशैलीसँगै तथा वंशाणुगतका कारण पनि युवावस्थामा नै कपाल फुल्ने गर्दछ । उमेर पुगेर कपाल फुल्नुलाई सामान्य मानिन्छ तर उमेर नपुगी कपाल फुल्नुलाई समस्याको रुपमा लिने गरिन्छ ।
यी कारणले उमेर नपुग्दै कपाल फुल्छ : शरीरमा प्रोटिन, आइरन, भिटामिन बी, जिंकजस्ता पोषक तत्वको कमी हुनु । वंशानुगत गुणका कारणसमेत कपाल फुल्ने गर्छ । मलेरिया र डिप्रेसनका तथा एन्टिबायोटिक औषधि लामो समयसम्म प्रयोग गरेमा । मेलानोसाइटिस कोष विविध कारणले घट्दै गएपछि क्रमिक रूपमा कपाल सेतो हुँदै जान्छ ।
कपालमा प्रयोग गरिने रसायनयुक्त वस्तु, जस्तै– रङ, मेहदी, स्याम्पु आदिका कारण । हर्मोनमा परिवर्तन, धूम्रपान, गुट्खा, मदिरा सेवनले समेत कपाल चाँडो फुल्ने सम्भावना रहन्छ । बच्चा अवस्थामै डिप्रेसन, स्ट्रेस, थाइराइड, एनिमियाजस्ता रोग लागेमा यसको असरले कपाल फुल्ने समस्या देखा पर्छ ।
कपाल फुल्नबाट बच्ने उपायहरु : अमलाको रस निरन्तर कपालमा लगाएमा सेतो कपाल कालो हुन्छ । नरिवलको तेलमा कागतीको रस मिसाएर मसाज गर्ने । नियमतिरुपमा कपालमा बदाम र नरिवलको तेल लगाउँदा पनि कपाल फुल्न कम हुन्छ । यसबाट कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट पनि बच्न सकिन्छ । अमलाको रस निरन्तर कपालमा लगाएमा सेतो कपाल कालो हुन्छ । काँचो मेवा र काँचो तिलको रसले पनि कपाल कालो बनाउन मद्दत गर्छ । तिलको तेलले दैनिक रुपमा कपाल मालिस गर्ने गर्नाले पनि कपाल कालो हुन्छ ।