Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आजबाट भलिबलका खेल शुरु हुँदै

१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आजबाट भलिबलका खेल शुरु हुँदै

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आजबाट भलिबलका खेल शुरु हुँदैछन् । औपचारिक उद्घाटन हुनुभन्दा अगाडी नै महिला र पुरुष भलिबल आजदेखि सुरु हुन लागेको हो । नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् । उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो । सागको महिला भलिबलमा नेपाल सूमह एमा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत स्वर्णको दाबेदार हो । बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो ।

आजै पुरुष टिमले समेत बंगलादेशसँग खेल्ने छ । खेल साँझ ७ बजे शुरु हुनेछ । पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ ।

भारत पुरुष भलिबलको समेत बलियो टिम हो । सागको पुर्व अभ्यासका लागि भारतमा रहदाँ नेपाली टिम भारतको राष्ट्रिय टिमसंग सबै मैत्रीपूर्ण खेलमा पराजित बनेको थियो ।