काठमाडौं – आईपीएलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ११ जनालाई प*क्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी गरेको आरोपमा आइतबार राति ११ जनलाई प*क्राउ गरेको हो ।
महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार अनलाइनमार्फत सट्टेबाजीमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई प*क्राउ गरिएको हो ।
प्रहरीले अघिल्ला वर्षहरुमा पनि यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई प*क्राउ गर्दै आएको थियो ।
यो पनि पढ्नुहोस : त्रिदेशीय टि–२०मा नेपालले प्रस्तुत गर्यो कीर्तिमानी लक्ष्य
काठमाडौँ: त्रिकोणात्मक टी–ट्वान्टी श्रृंखलाको फाइनलमा शनिबार नेपालले पाहुना टोली नेदरल्यान्ड्सलाई २३९ को लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी फाइनलमा कुशेल भुर्तेलले अर्धशतक प्रहार गरेपछि नेपालले कीर्तिमानी लक्ष्य दिएको हो ।
अन्तराष्ट्रिय टी–ट्वान्टीमा नेपालले विपक्षी टिमका सामु प्रस्तुत गरेको यो नै सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि नेपालले भुटानलाई सन् २०१९, डिसेम्बरमा २३६ को लक्ष्य दिएको थियो । उता कुशलले श्रृंखलामा चौँथो अर्धशतक बनाउने क्रममा ७७ रन जोडे । ५३ बल सामना गर्दा कुशलले तीन छक्का र आठ चौका बनाए । निर्धारित २० ओभरमा तीन विकेटको क्षतीमा २३८ रनको योगफल तयार पारेको नेपालका लागि कुशल मल्लले अविजित ५० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन जोडे ।