यही बैशाख १२ गते आईतवार जापानमा नेपाल र जापानका खेलाडीबीच किक बक्सिङ भिडन्त हुने भएको छ । जापानको नागोया शहरमा हुन गईरहेको हिट ४८ मा नेपालकातर्फबाट हिमालयन चितुवा उपनामबाट परिचित खेलाडी अबिरल घिमिरे र जापानी खेलाडी योसिदा यईजीबीच मार्सल आर्ट किक बक्सिङ खेल हुन लागेको हो । यसअघि नेपाली खेलाडी घिमिरेले जापानमा बिभिन्न पटक भएको भिडन्तमा जापानी खेलाडीलाई पराजित गरी उपाधि जितिसकेका छन ।
नेपालमा केही वर्षअघि मार्शल आर्टस खेलमा आफ्नो पहिचान बनाएका खेलाडी देव घिमिरेका छोरा अबिरललाई उनका पिताले समेत प्रशिक्षण दिएका थिए ।
नागोयामा अबिरल घिमिरेको खेल हेर्न आउन जापानमा रहेका नेपालीहरुको समूहले नेपालको राष्ट्रिय झण्डा सहित उपस्थितिका लागि अनुरोध गरेको छ ।
यो पनि पड्नुहोस : फुटबल क्लबको कप्तानी गर्दै किरण चेम्जोङ
काठमाडौं । नेपाल सुपर लिग फुटबलमा फ्रेन्चाइज क्लब धनगढी फुटबल क्लबको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । धनगढीले शुक्रबार विज्ञप्ति निकाल्दै टिमको कप्तानी किरणले गर्ने जनाएको छ । राष्ट्रिय टिमका कप्तान समेत रहेका किरण आइकोनिक खेलाडीको रूपमा धनगढीमा आबद्द भएका थिए । पछिल्लो समय भारतको आइ लिगमा पञ्जाबबाट खेलेका किरण ५ वर्षपछि घरेलु फुटबलमा फर्किन लागेका हुन् । धनगढीको मार्की खेलाडी भने विशाल राई रहेका छन् ।
टिमको मुख्य प्रशिक्षकमा युगल किशोर राई र प्रशिक्षकमा तोपे फुजा रहेका छन् । धनगढीले पहिलो खेल आइतबार विराटनगरसँग खेल्नेछ । यसैबीच धनगढी एफसीको मुख्य प्रायोजकको रूपमा दक्षिण कोरियाली कम्पनी किया आबद्ध भएको छ । कार उत्पादन कम्पनी कियाले धनगढी एफसीलाई मुख्य प्रायोजकको रुपमा साथ दिएको हो । सम्झौतासँगै कियाले नयाँ लोगो समेत सार्वजनिक गरेको छ । धगढी एफसीका मालिक सुवास शाही र किया नेपालका अनिश लामिछाने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।