टोकियो : कारेना भाइरसको उच्च प्रसारको कारण जापानले ६७ वर्षमा पहिलो पटक टोकियो मोटर शो रद्द गरेको छ । कोरोना भाइरसको कारण जापानले शुक्रबार टोकियो मोटर शो रद्द गरेको हो ।
जापानले २५ अप्रिल देखि ११ मे सम्म टोकियो , ओसाका र अन्य दुई प्रान्तमा आपतकालिन अवस्था घोषणा गर्ने भएको छ ।
टोकियो मोटर शो सन् १९५४बाट सुरू भएको थियो र सामान्यतया प्रत्येक दुई वर्षमा टोकियो मोटर शो हुने गरेको छ ।
जापानका सबैभन्दा ठूला कार निर्माता टोयोटाका अध्यक्ष अकिओ टोयोडाले भने, ‘यो कार्यक्रलाई रद्द गर्नु परेको छ किनकी यो कार्यक्रम सुरक्षित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गाह्रो छ ।’
जापानका प्रधानमन्त्री योशीहिडे सुगाले टोकियो र ओसाकालगायत देशका विभिन्न भागमा आपतकालिन अवस्था घोषणा तयारी गरिरहेको कारणले यो शो रद्द भएको हो ।