Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

केराको चिया पिउनुभएको छ ? यस्ता छन् यसका फाइदा

केराको चिया पिउनुभएको छ ? यस्ता छन् यसका फाइदा

कोरोनाको कहर बढिरहेको बेलामा मानिसहरू शारीरिकका साथै मानसिक तनाव पनि खेपिरहेका छन् । भाइरस संक्रमित हुने डरले कतिपयलाई त राम्रो निद्रा पनि लागेको छैन । अनिद्राको समस्या छ भने केराको चिया पिउने सल्लाह दिइन्छ ।

केराको पनि चिया बन्छ र ? बन्छ नि !

यसरी बनाउनुस् : पानी दुई कप , पाकेको केरा एक (बोक्रा निकालेको र काटेको) , मह अलिकति , दालचिनीको धूलो अलिकति

विधि : पहिला प्यानमा पानी उमाल्नुस् । त्यसमा केरा राखेर फेरि १० मिनेट उमाल्नुस् । अब त्यसलाई छानेर कपमा राख्नुस् । अब यसमा मह र दालचिनी राख्नुस् र पिउनुुस् । सुत्नुअघि एक कप केरा चिया पिउनुभयो भने राम्रो निद्रा लाग्छ ।

यस्ता छन् यसका फाइदा

राम्रो निद्रा : यसमा ट्रिप्टोफ्यान नामक अमिनो एसिड हुन्छ । यसले सेरोटोनिन र मेलाटोनिन जस्ता हर्मोनलाई सक्रिय गरी राम्रो निद्रा ल्याउन सहायता गर्छ । यसले दिमाग शान्त पारेर तनाव घटाउन मद्दत गर्छ । दिमाग शान्त हुँदा निद्रा आउँछ ।

इम्युनिटी बलियो : केराको चिया पिउँदा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । अनि कोरोनाभाइरस र अन्य रोगहरू लाग्न पाउँदैनन् ।

मोटोपन भाग्छ : केरामा प्राकृतिक चिनी र कार्बोहाइड्रेट भरपूर हुन्छन् । चिया बनाउँदा त्यो चिनी पानीमा मिसिन्छ र यसले तौल सही राख्छ ।

मुटुलाई फाइदा : केरामा म्याग्नेसियम, पोटेसियम लगायतका तत्त्व हुने भएकाले उच्च रक्तचाप हुन पाउँदैन । अनि यसमा भएको क्याटेचिन नामक एन्टीअक्सिडेन्टले मुटु स्वस्थ राख्छ । हृदयघात, स्ट्रोक र अन्य मुटुरोग लाग्न पाउँदैन ।

डिप्रेसनबाट मुक्ति : आजकल धेरै मानिस डिप्रेसनको शिकार बनिरहेका छन् । यस्तो अवस्थामा सुत्नुअघि केराको चिया पिउँदा डोपामाइन र सेरोटोनिनले मूड नियन्त्रण गर्ने हर्मोनलाई बढाउँछ ।