Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोभिड संक्रमणको कारण संगीतकार श्रवण राठौडको बिहीबार बेलुका निधन

कोभिड संक्रमणको कारण संगीतकार श्रवण राठौडको बिहीबार बेलुका निधन

मुम्बई–फिल्म ‘आशिकी’मा सम्झनालायक संगीत दिने संगीतकार जोडी नदीम–श्रवणमध्ये श्रवण राठौडको बिहीबार बेलुका निधन भएको छ । दुई दिन पहिलो मात्र उनलाई कोरोना संक्रमण भएको थियो । दैनिक भास्करमा प्रकाशित समाचारअनुसार उनलाई मधुमेह थियो । कोरोना संक्रमणका कारण उनको फोक्सो पूर्ण रुपमा संक्रमित भएको थियो । उनको उपचार रहेजा अस्पतालमा भइरहेको थियो ।

उनको निधनको रहेजा अस्पतालका डा.कीर्ति भूषणले पुष्टि गरेका छन् । ‘श्रवणको निधन बेलुका ९ बजेर ३० मिनेटमा भयो । हामीले आफ्नोतर्फबाट उनलाई बचाउन हरेक प्रयास गर्यौ । तर सफल हुन सकेनौं । उनकोनिधनको कारण कोभिड संक्रमणको कारण भएको कोर्डिायोमायोपेथीबाट भएको हो । जसकारण उनको पल्मोनरी एडिमा र अन्य अंग फेल भएका थिए’, उनले भनेका छन् ।

श्रवण सन् ९० को दशकका चर्चित संगीतकार थिए । उनले नदमीका साथ मिलेर कैयौं फिल्ममा उत्कृष्ट संगीत दिएर आफ्नो ख्यातीलाई बढाएका थिए । यो जोडीले सन् १९७७ मा पहिलोपटक भोजपुरी फिल्म ‘दंगल’का लागि संगीत दिएका थिए । यो फिल्मको गीत ‘काशी हिले पटना हिले’ निकै चर्चित बनेको थियो ।

जोडीले पहिलोपटक बलिउड फिल्म ‘जीना सीख लिया’का लागि संगीत दिएका थिए जोडीले ‘आशिकी’ ‘साजन’‘दिल है कि मानता नहीं’‘सड़क’‘सैनिक’‘दिलवाले’‘राजा हिन्दुस्तानी’‘फूल और कांटे’ र ‘परदेस’ जस्ता फिल्ममा संगीत दिएका थिए । सन् २ हजारको दशकमा ‘ये दिल आशिकाना’‘राज’‘कयामत’‘दिल है तुम्हारा’‘बेवफा’ र ‘बरसात’ जस्ता फिल्ममा संगीत दिएका थिए ।